Rashtriya Dainik

अखिल(क्रान्तिकारी) नवलपरासीको एकता भेला तथा प्रशिक्षणको तयारी

नवलपरासी – अखिल(क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले एकता भेला तथा प्रशिक्षणको तयारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले यही भाद्र १९ गते एकता भेला तथा प्रशिक्षण तयारी गरेको केन्द्रीय सदस्य सन्देश सापकोटाले जानकारी दिनुभयो ।

दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानीमा आयोजना हुने एकता भेलामा जिल्लाका सातै पालिका र बिभिन्न शैक्षिक संस्थाका ईकाईहरुबाट प्रतिनिधिहरु सहभागी हुने सापकोटाको बताउनुभयो । भेलाले जिल्लाको शैक्षिक आन्दोलनलाई उठान गर्नका लागि कार्यदिशा समेत तय गर्ने सापकोटाको भनाई छ । उहाँका अनुसार भेलाले जिल्ला सम्मेलनको मिति तथा सम्मेलन सम्पन्न गर्नका लागि जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गर्ने कार्यसुची रहेको छ ।

नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच एकता सम्पन्न भएपछि बिद्यार्थी संगठनबीच एकता हुन लागेको हो । जिल्ला र पालिकास्तरमा दुई क्रान्तिकारी पार्टीबीच एकता सम्पन्न भइसकेको छ ।

जनबर्गीय मोर्चा संगठनहरुका एकता भेला तथा प्रशिक्षण तीब्र बनाउने क्रममा बिद्यार्थी संगठनको एकता तय भएको सो पार्टीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित