काठमाडौँ ,१६ भाद्र
काठमाडौं महानगरका प्रमुख बालेन शाहले काठमाडौं महानगरको गाडी सरकारबाट रोकिए आगो लगाइदिने बताएका छन्।
शनिबार साँझ सामाजिक संजाल मार्फत एक स्ट्याटस लेख्दै उनले महानगरको गाडी सरकारबाट रोकिए आगो लगाइदिने धम्की दिएका हुन्।
उनले लेखेका छन् ‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
मेयर बालेन सरकारसँग आक्रोशित देखिएका छन्। यद्यपि उनले सन्दर्भ भने खुलाएका छैनन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

