Rashtriya Dainik

अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

काठमाडौं : अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन्। उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग लगन कसेकी हुन्। सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन्।

मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले गत बिहीबार विवाह गरेकी थिइन्। ‘तपाईँहरूको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगन गाठो जोडेको छ। हजुरहरूको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु,’ उनले भनेकी छन्।

उनले यससँगै कहिले विहे गर्ने भन्ने प्रश्नको अन्त्य भएको उल्लेख गरेकी छन्। उनले आफू अभिनित फिल्महरू सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित