सल्यान , १६ भदौ
सल्यानमा दुइवटी केटी-केटी बीच विवाह भएकाे छ । जिल्लाकाे बागचाैर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ काेटमाैलाकी याेजना केसीबीच विवाह भएकाे छ । उनिहरु दुवैजना केटी हुन् ।
३ वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेकाे बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा याेजना अहिले अमिसाकाे घरमा गएर बसेकी छन् ।
माया बसेकै कारण विवाह गरेकाे उनिहरुकाे प्रतिकृया छ । ‘हामीहरु केटी-केटी नै हाैं । समाजले साेचेजस्तेा तेस्राे लिंगी पनि हाेइनाैं । कुनै भाइरल हुनलाइ पनि विवाह गरेका हाेइनाैं, माया बसेर नै विवाह गरेका हाैं’, याेजनाले भनिन् ।
घरपरिवारले नमानेकाे कारण मन्दिरमा गएर सिन्दुर र पाेते लगाएकाे र अब घरमै विधी पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएकाे याेजना केसीकाे भनाइ छ । अहिले अमिसाकाे घरमा परिवारले विवाह स्वीकार गरिसकेकाे र याेजनाकाे घर परिवारले केटीकेटी बीच विवाह गर्न नहुने बताइरहेकाे उनिहरुकाे भनाइ छ ।
दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्यनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै भैरहने बाचा समेत गरेकाे बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

