Rashtriya Dainik

सिरहा बाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ

सिरहा, १६ भाद्र ।

स्रोत नखुलेको ४४ लाखभन्दा बढी रकमसहित सिरहा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिक वडा नं. १७ बस्ने ५२ वर्षीय प्रेम कुमार यादब र सिरहा नगरपालिका वडा नं. ७ बस्ने ४२ बर्षीय संजय कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शक्रवार सिरहा नगरपालिका वडा नं. १७ माडर काली चौक स्थित भारतको जयनगरबाट नेपाल आउने क्रममा गोप्य सूचनाको आधारमा प्रहरी चौकी खिरौना र इलाका प्रहरी कायालय माडरको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ४४ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव रबिन्द्र राज पाण्डे जानकारी दिए ।

यादबले चलाई आउँदै गरेको बिआर ७ एस ४२२४ नम्बरको ह्याण्डय स्यार्टो कारको सिट मुनि लुकाई छिपाई राखेकोको अवस्थामा रकम बरामद गरिएको हो ।

बरामद गरिएको रकमसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, ईटहरी पठाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित