Rashtriya Dainik

माओबादी केन्द्रको ऐजेनडा घरघरमा पुर्याउन निर्देशन:- मौलाना मशहूद

कपिलवस्तु, भाद्र १६

कपिलवस्तु जिल्लाको कृष्णनगरको वडा नं २ को नयाँ बसपार्कमाक्जषनता संग माओबादी विशेष रूपान्तरण अभियान अनतर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर वडा नं २ कमिटीको पूर्ण बैठक बसेको छ।

शैख मुन्नाको अध्यक्षता, प्रमुख अतिथीमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र नगर कमिटी अध्यक्ष जाबेद आलम खान, नगर कमिटी सचिव गणेश प्रसाद बन्जाडे, तोफेल खान, शब्नम खातुन लगायत रहनु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मशहूद खा नेपालीले कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, पछडिएका, लोपोन्मुख को हक अधिकार दिलाउनमा माओबादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको तथा पार्टीका सदस्य तथा समर्थक हरूलाई देश विकास र जनताको हकहीतको आवाज उठाई आवश्यकता अनुसार सहयोग तथा नेकपा माओबादी केन्द्रको ऐजेनडा घरघरमा पुर्याउन निर्देशन दिनुभयो।

कार्यक्रममा शहिद परिवारका शैख मुन्ना लाई सम्मान गरिएको थियो। कार्यक्रममा नगर कमिटीका पदाधिकारी, वार्ड कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो।
नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेश प्रसाद बन्जाडेले कार्यक्रम संचालन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित