मोरङ ,१६ भाद्र
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा १३ वर्षीया एक बालिकाले छोरा जन्माएकी छिन् । भदौ १२ गते मंगलबार बालिकाले पेट दुख्यो भनेपछि उपचारका लागि अभिभावकले अस्पताल लगेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उपचारका क्रममा परीक्षण गर्दा बालिका गर्भवती भएको पत्ता लागेको थियो ।
१६ वर्षीय बालकसँग शारीरिक सम्पर्क गर्दा ८ महिनाअघि गर्भवती भएकी बालिकाले बुधबार बिहान स्वस्थ पुत्रलाई जन्म दिएकी छिन् । अस्पताल भर्ना भए पनि उनले ‘नर्मल डेलिभरी’मार्फत बच्चा जन्माएकी हुन् ।
उनले २ किलो ७ सय ग्रामको बच्चा (छोरा) जन्माएको बताउँदै डिएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट गत पुसमा बालबालिकाबिच शारीरिक सम्पर्क भएको खुलेको छ । बालकलाई ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान थालेका छौं ।’
बालिकाका अभिभावकले बालकविरुद्ध बालबिज्झ्याइँअन्तर्गत जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दिएपछि अदालतबाट म्याद थप गरेको डिएसपी दाहालले बताए । उनले १८ वर्षमुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको छ । बलात्कारमा बालक नै संलग्न रहेको पाइएको हो । लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा एक्कासि पेट दुखेर अस्पताल लगेपछि मात्रै थाहा पाएको अभिभावकलाई उद्धृत गर्दै डिएसपी दाहालले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

