काठमाडौँ ,१६ भाद्र
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन्।
माओवादी केन्द्रले आजदेखि सुरु गरेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको उद्घाटन गर्दै दाहालले यस विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गरे।
उनले अभियानले सङ्गठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट आज बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले अभियानको उद्घाटन गरेका छन्। अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ।
गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

