Rashtriya Dainik

तातोपानी नाकामा आउजाउ खुल्दै

काठमाडौं , भदौ १५ गते । आठ वर्षदेखि बन्द रहेको तातोपानी नाका भदौ १५ गतेबाट मानिसका लागि दुईतर्फी आउजाउ खुल्ने भएको छ । आयात निर्यात खुले पनि मानिसका लागि आठ वर्षसम्म नाका आउजाउका लागि खुलेको थिएन ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार चिनियाँ अधिकारीले शुक्रबार अर्थात् सेप्टेम्बर १ बाट मानिसका लागि दुवैतर्फी नाका खुल्ने जानकारी दिएको छ । पहिलो चरणमा सीमा क्षेत्रका स्थानीयलाई २४ घण्टे पास उपलब्ध गराई आउजाउ खुल्ने भएको छ ।

तातोपानी नाका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले तिब्बततर्फ पुलबजारसम्म आउजाउ गर्न दिइने जानकारी आएको र बिस्तारै सरकारी पहलमा खासासम्म आउजाउ गर्न दिइने खबर प्राप्त भएको बताउनुभयो ।

नेपालतर्फका अध्यागमन कार्यालयले सीमा क्षेत्रका स्थानीयलाई २४ घण्टे पासको प्रबन्ध मिलाएको जनाएको छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको पराकम्पका कारण उक्त नाका पूर्ण रूपमा बन्द हुँदै आएको थियो ।

२०७६ जेठबाट आयातका लागि एकतर्फी आंशिक खुलेको सो नाका कोरोना महामारी, बाढीपहिरो, सडकलगायतका बहानामा बन्द हुँदै र आंशिक खुल्दै आएको थियो । वैशाख १८ गतेबाट आंशिक रूपमा निर्यात खुलेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित