काठमाडौँ, १५ भदौ ।
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ । निगमले मूल्यवृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज (बिहीबार) मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको छ । यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ। यसअघि ग्यासको मूल्य १ हजार ६६० रुपैयाँमा खुद्रा विक्रि हुँदै आएको थियो।
गत साउन १६ गते निगमले नै प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको थियो। १ हजार ७ सय ९० मा बिक्रि हुँदै आएको ग्यासको मूल्य १ हजार ६ सय ६० कायम भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

