अारपि उपाध्याय / नवलपरासी ,१४ भदौ
मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले ऋषि तर्पणी रक्षाबन्धनको पर्वले सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुलाई रक्षा र कल्याण हुने बताउनुभएको छ।
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका ६ स्थित गजेन्द्र मोक्ष धाममा ऋषि तर्पणी रक्षाबन्धनको पावन अवसरमा सयौंको सङ्ख्यामा उपस्थित भक्तजनहरुलाई पवित्र जनै र रक्षाबन्धन प्रदान गर्दै स्वामी नयनाचार्यले सो कुरा बताउनुभएको हो।
स्वामी नयनाचार्यले सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुको साझा धार्मिक धरोहर गजेन्द्र मोक्ष धामलाई नेपाल कै नमूना धार्मिक मन्दिरको रूपमा विकास र प्रचार प्रसार गर्न सकिए देश विदेशका हजारौं भक्तजनको केन्द्रविन्दु बन्ने विश्वास व्यक्त गर्नुभयो।
२०४८ सालदेखि त्रिवेणीको गजेन्द्र मोक्ष तिर्थ स्थललाई केन्द्रविन्दु बनाएर जपतप, ध्यान र विकास प्रबर्द्दन एकैसाथ अगाडी बढाउदै आउनु भएका नयनाचार्यले त्रिवेणीलाई पुर्व पश्चिम राजमार्गको दुम्किबास जोड्ने गजेन्द्र मोक्ष जनता मार्ग निर्माण कार्यको अगुवाइ पनि गर्दै आउनु भएको हो।
सडक निर्माण कार्यमा चितवन राष्ट्रिय निकुञ्जको कानुनी जटिलतालाई विधि र प्रक्रिया सम्मत ढङ्गले समाधान गर्नुपर्ने कार्यलाई सबै जनता जनार्दनको सक्रियताबाटै अगाडी बढ्नुपर्ने भनाइ पनि स्वामी नयनाचार्यको रहेको छ।
सो अवसरमा स्वामी देवराज प्रपन्नाचार्य, करपात्री स्वामी कृष्ण प्रपन्नाचार्य लगायत धार्मिक गुरुहरुको पनि उपस्तिथि रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

