भालुवाङ १४ भदौ । नव उदोउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ता सहित कलाकारहरुले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर कडेल र सिसहनियाँ निवासी पत्रकार सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ बोलको गीत केएसआर मुभी नामक युटुव च्यानलबाट बुधवार सार्वजनिक गरिएको हो । गायक हिरा केसी र गायिका बिष्णा वलीको स्वर रहेको सो गीतमा गायक हिरा केसीकै शब्द तथा संगीत समेत रहेको छ । गीतलाई हिरा थापाले एरेन्ज गरेका हुन् । गुडबाइज रेकडिङ स्टुडियोे काठमाडौँमा गीत रेकर्ड गरिएको हो । गीतको भिडियोमा गायक तथा मोडेल श्रीधर कडेल र भालुवाङकी टिकटक स्टार सुस्मिता राना तथा पत्रकार सन्तोषकुमार गुप्ता र पबित्रा कुमालको बिशेष अभिनय रहेको छ । साथै उक्त भिडियोमा केशब भण्डारी र पत्रकार ओमप्रकाश गुप्ता लगायतको अभिनय समेत रहेको छ । उक्त भिडियोको निर्देशन तथा छायांकन प्रकाश बस्नेतले गर्नु भएको छ । दाङ देउखुरी स्थीत पाखापानीको उर्वर भूमिमा जन्मिएरे नेपालको अधिकांश भु—भागमा प्रतिनिधित्व गरिसकेका कलाकार श्रीधर कडेललाई स्वदेश तथा विदेशमा रहेका नेपालीले रुचाएका कलाकार भित्र पर्दछन् । स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत क्षमता भएका कलाकार कडेलले आधा दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् । त्यस्तै कडेल संग मोडलिङ्ग गर्ने सस्मिता राना पछिल्लो समय टिकटकमा छाएकी कलाकार हुन् । टिकटकबाट चर्चा कमाउन सफल भएकी रानाले पछिल्लो समय कभर भिडियोहरुमा समेत अभिनय गर्दै आउनुभएको छ । यस्तै पछिल्लो समय पत्रकार सन्तोषकुमार गुप्ता विगत लामो समय देखि दाङ—देउखुरीको पूर्व देउखुरी तथा राजधानीक्षेत्रलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन् । गुप्ताले दाङ—देउखुरीमा रहेर भष्ट्रचार, अन्याय र अत्यचारका बिरुद्ध कलम चलाउँदै आएका छन् । गुप्ता हाल देउखुरी टुडे डटकमको अध्यक्ष तथा प्रधानसम्पादक रहेका छन् भने बागमति टेलिभिजन लुम्बिनी प्रदेश ब्यूरो प्रमुख, गणतन्त्र राष्ट्रिय दैनिक घोराही, बुद्ध आवाज टेलिभिजन र जि नेपाल न्युज फोर के टेलिभिजनमा समेत आबद्द रहेका छन् । सो गीतको छायांकन राप्ती गाउँपालिका—२, कटेसनाला स्थित भण्डारी टोल र पर्यटकीयस्थल हर्षेडाँडा पार्कमा छायाँकन गरिएको थियो । हेर्नुहोस् यो भिडियो… राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।