Rashtriya Dainik

विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न अन्तरिम आदेश

काठमाडौं ,१४ भदौ ।

सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिटमा अन्तरिम आदेश जारी भएको बताए।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

महानगरले असार ३० गतेको नगर सभाबाट मातहतका सामुदायिक विद्यालयका व्यवस्थापन समिति भङ्गको निर्णय गरेको थियो। समिति भङ्ग गरेर सम्बन्धित वडाका वडाध्यक्षलाई नै पदेन अध्यक्ष बनाउने निर्णय महानगरले गरेको थियो।

महानगरको उक्त निर्णयको सामुदायिक विद्यालयले भने विरोध जनाएका थिए। उक्त निर्णयविरुद्ध हितकरवीरसिंह कंसाकारसमेतले महानगरलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। भदौ ६ गते रिट दर्ता भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित