अारपि उपाध्याय / नवलपरासी ,१३ भदौ
ईलाका प्रहरी कार्यालय त्रिवेणी र अस्थायी ट्राफिक पोस्ट त्रिवेणीको सन्युक्त आयोजनामा ट्राफिक सचेतना कार्यक्रम विनयी त्रिवेणी ६ शिवपुरगढिमा बुधबार सम्पन्न भएको छ ।
ग्रामिण सडक सुरक्षा कार्यक्रम अन्तर्गत गरिएको ट्राफिक सचेतना कार्यक्रममा सो सडक खण्डमा मोटरसाइकल र अटो रिक्सा चालकहरुको स्वास्थ परिक्षण गरिएको इलाका प्रहरी कार्यालय त्रिवेणी का वरिष्ठ स.ई प्रेम बहादुर बिष्ट ले जानकारी दिनुभएको छ ।
सुस्ता प्रतापपुर गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिका ७ बाट विनयी त्रिवेणी कै ६ मा आवत जावत गर्ने ३ दर्जन मोटरसाईकल र अटो रिक्सा चालकहरुको स्वास्थ्य परिक्षण कार्यमा त्रिवेणी/सुस्ता स्वास्थ चौकीका जनशक्ति हरुले मोटरसाइकल र अटो रिक्सा चालकहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
सिमावर्ती क्षेत्र र विनयी त्रिवेणी वार्ड न ६ र ७ लगायत क्षेत्रमा ट्राफिक नियम विपरित सवारीसाधन चल्न थालेपछी प्रहरीले पनि अभियान कै रुपमा चेकजाँच कार्य गर्न थालेको हो ।
“हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने मुलनारा का साथ आयोजना गरिएको ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत स्थानिय तह,समुदाय र विद्यार्थीलाई लक्षित गरि थप कार्यक्रम गरिने पनि अस्थायी प्रहरी पोस्ट त्रिवेणी प्रहरीले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

