नवलपरासी १३ भाद्र – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहितका चारवटा पार्टीले आयोजना गरेको एमसीसी बिरुद्धको बिरोध कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल , राष्ट्रिय जनमोर्चा , विप्लव नेतृत्वको नेकपा र नेकपा(मसाल)ले बर्दघाट –२ चिसापानी चोकमा आयोजना गरेको कोणसभामा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले कार्यक्रम आयोजकको झण्डा ब्यानर खोसेपछि केही बेर सो स्थानमा तनाव उत्पन्न भएको थियो । शान्तिपुर्ण रुपमा बिरोध गर्न पाउने संबैधानिक अधिकार माथि ठाडो हस्तक्षेप गरेको भन्दै कार्यक्रममा सहभागीहरुले प्रतिवाद गरेका थिए ।

स्थानीय बासिन्दाले समेत प्रहरीले शान्तिपुर्ण रुपमा कार्यक्रम गर्न दिनुपर्ने भन्दै एमसीसी बिरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।
सो बिरोध कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले बोल्ने क्रममा प्रहरीले कार्यक्रम रोक्न दबाब दिएपछि आन्दोलनकारी र प्रहरीबीच तनाव सिर्जना भएको थियो ।
त्यस अघि कार्यक्रममा नेकपा(मसाल) प्रबक्ता धनपति सापकोटा, नेकपा माक्र्सवादी (पुष्पलाल)का राष्ट्रिय परिषद सदस्य टोपेन्द्र नेपालले राष्ट्रघाती एमसीसी सम्झौताका बिरुद्ध संर्घषको बिकल्प नभएको बताउदै मन्तब्य राख्नुभएको थियो ।

आन्दोलनकारीको प्रतिवाद र केही बेरको तनाव पछि राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक सुवेदीले मन्तब्य राख्दै कार्यक्रम समापन गर्नुभएको थियो । कोणसभाको संचालन राष्ट्रिय जनमोर्चाका रेम रानाले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

