Rashtriya Dainik

बर्दघाटमा यात्रु बस दुर्घटना हुँदा ७ जना घाइते

बिनोद निगम / नवलपरासी ,१३ भदाै

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बर्दघाट बजार स्थित राजमार्गमा पुर्वबाट पश्चिम तर्फ : काठमाण्डौ देखी नेपालगंज : जादै गरेको भे १ ख ९०११ नं. को ‘यात्रु वाहक बस अचानक अनियन्त्रित भई दुर्घटना भएको छ ।

आज बिहान ४:४५ बजे बस सडकको दाहिने साईडमा पल्टिदा बसमा सवार ४० यात्रु मध्ये ७ जना घाईते भई उपचारको लागी चिसापानी अस्पताल बर्दघाट लगिएको छ ।

घाईते हुनेमा बाके कोहलपुर नगरपालिका ११ बस्ने बर्ष ६८ को जुद्ध बुढाथोकी, सोहि ठाउँका बर्ष अन्दाजी २८ कि अनु चन्द, बाके नेपालगंज उपमहानगर पालिका १७ बस्ने बर्ष ४० को राजिव चौधरी, बाके नेपालगंज उ.म.न.पा. १० बस्ने बर्ष ५८ को अमर बहादुर बुढा मगर, जिल्ला बर्दिया बर्दिया नगरपालिक ५ बस्ने बर्ष ७३ को डिल्ली राम थारू, बर्दिया राजापुर नगरपालिका २३ बस्ने बर्ष अन्दाजी २३ को बिमल चौधरी र बर्दिया मधुवन नगरपालिक ५ बस्ने बर्ष अं. १९ कि

बिनिता मल्ल रहेका छन् । घटनामा घाईते हुनेहरूको अवस्था सामान्य रहेको र बसमा सवार अन्य यात्रुहरुलाई तत्काल अर्को बसमा चढी गन्तब्य तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ ।

घटनाको जानकारी प्राप्त हुनसाथ इलाका बर्दघाटबाट प्रहरी निरीक्षक भिम बहादुर कार्कीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । यतिबेला बस घटनास्थल नै रहेको छ भने बस चालक फरार हरेकोले खोजी कार्य भैरहेको समेत डिएसपी पाण्डेले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित