नवलपरासी – मोहन बैद्य ‘किरण’ क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल–७ अस्नैयाचोकमा मसाल जुलुस सम्पन्न गरिएको छ ।
एमसीसी खारेज गर, एमसीसीका मतियार दलालहरु होसियार जस्ता चर्का नाराबाजी गर्दै निकालिएको मसाल जुलुसले सुनवल–७ र ८ का बिभिन्न स्थान परिक्रमा गरेको थियो ।
जुलुस पछि अस्नैयाचोकमा आयोजित कोणसभामा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर संसदवादीहरुले देश र जनतालाई धोका दिएको बताउनुभयो ।
उहाँले एमसीसी अमेरिकी साम्राज्यवादको सैन्य रणनीति रहेको बताउदैं एमसीसीका मतियारहरुलाई समेत जनताले लखेटनुपर्ने औल्याउनुभयो ।

पाार्टीका सुनवल नगर संयोजक रवि पुनको नेतृत्वका निकालिएको जुलुसमा पार्टीका नेवा ः मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर, पार्टी सुनवल वडा नम्बर ७ का संयोजक बिजय चापागाई, सुनवल –८ का संयोजक अशोक चित्रकार, दलित मोर्चाका अगुवाहरु ऋषिराम बिक, बाबुराम बिक महिला नेतृ पुतली बिकलगायतको सक्रियता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

