Rashtriya Dainik

जिल्ला ट्राफिक कार्यालय नवलपरासी पुर्वले सडक दुर्घटना न्यूनीकरण गर्न जनचेतना फैलाउदै

अारपि उपाध्याय / नवलपरासी , १२ भदौ

जिल्ला ट्राफिक कार्यालय नवलपरासी पुर्वले सडक दुर्घटना न्यूनीकरण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ।

ट्राफिक कार्यालय ब.सु.पु.ले ग्रामीण भेगलाइ लक्षित गरि भाद्र १० देखि १६ गतेसम्मको सप्ताह व्यापी कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख ट्राफिक निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभएको छ।

जिल्लाको ग्रामीण भेगलाई लक्षित गरि गरिएको सप्ताह व्यापी कार्यक्रमको तेस्रो दिन ट्राफिक नियम सङ्ग सम्बन्धित प्रचार, कम्प्लेट वितरण गरि स्वयंसेवक, यात्रु र चालकहरुद्वारा वाचन गराइ छत तथा हुडमा यात्रु राख्न नहुने सम्बन्धि प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा यात्रुबाहक बसमा सिट क्षमता अनुसार यात्रु राखेको, नराखेको आरक्षण सिट भाडादर कार्यान्वयन भएको, नभएको अनुगमन गरिएको ट्राफिक निरीक्षक आचार्यले जानकारी दिनुभयो।
“सुरक्षित ग्रामीण सडक,यात्रा र सवारी हामी सबैको जिम्मेवारी २०८०” भन्ने मुल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा अटो रिक्सा र यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुहरुसंग पनि ट्राफिक प्रहरीले छोटो अन्तर्कृया गरेको पनि जानकारी प्राप्त भएको छ।


राजमार्ग र आसपासका ग्रामीण भेगमा ट्राफिक नियमको पालना सम्बन्धि सचेतनामुलक कार्यक्रम भइरहदा जिल्लाको दक्षिणी सिमानामा पर्ने विनयी त्रिवेणी ६ र ७ मा पनि सचेतनामुलक कार्यक्रमको माग हुन थालेको छ।
सो सम्बन्धमा ट्राफिक निरीक्षक आचार्यले सप्ताह व्यापी कार्यक्रम अन्तर्गत नै विनयी त्रिवेणी ६ र ७ मा विद्यालय केन्द्रित सचेतनामुलक कार्यक्रम गरिने जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित