Rashtriya Dainik

मनमा अत्यधिक निराशाको भावना आएमा ११६६ सम्पर्क गर्न आग्रह

काठमाडौं, भदौ १२ गते । सरकारले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएकाले केन्द्रले यस्तो आग्रह गरेको हो । केन्द्रले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा नमस्ते नेटवर्कबाट कुनै पनि बेला फोन गर्न र मनोपरामर्शकर्तासँग परामर्श सेवा लिन अनुरोध गरेको छ ।

अप्ठ्यारा दिन सबैको हुने भएकाले सो समयमा धैर्यताका साथ समस्याको समाधान खोजेर अगाडि बढ्न केन्द्रकाे अनुरोध छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित