Rashtriya Dainik

पर्साको कालिकामाई गाँउपालिकाको ९ औँ गाउँसभा तथा २०८०/८१ को बजेट प्रसतुतीकरण

राजन कुमार बानिया /पर्सा ,१२ भदौ

पर्साको कालिकामाई गाँउपालिकाको ९ औँ गाउँसभा तथा २०८०/८१ को बजेट प्रसतुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँ सभा बजेट प्रसतुतीकरण कार्यक्रमबाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३२ करोड ७४ लाख ९८ हजार २ सय रुपैयाँको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष राजमती देबी बरैनको निर्देशनमा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादवले बजेट प्रसतुतीकरण गर्नु भएको थियो।

गाउँ सभा कार्यक्रम गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य,सिचाई, पर्यटन र भौतिक पूर्वाधारको लगायत ,उज्यालो कालिकामाई गाउँपालिका बनाउन मुख्य प्राथमिकतामा राखेको बताए । सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गुप्ताले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको बताए ।

कालिकामाई गाउँपालिकाको वडा नं १ देखि लिएर वडा नं ५ सम्म का वडा स्तरिय बजेट सेलिंग यसमा सर्सहमतीबाट समेटिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए ।

गाउँ सभामा ससर्त अनुदान १२ करोड ७२ लाख ५७ हजार, सामनिकरण अनुदान ९ करोड २५ लाख, राजस्व बाडफाड ६ करोड ६४ लाख ५९ हजार २ सय, सम्पुर्क अनुदान ५० लाख समानिकरण अनुदान ६४ लाख ८२ हजार, राजस्व बाडफाड १५ लाख, सम्पुरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, आन्तरिक श्रोत ५० लाख गरि ३२ करोड ७४ लाख ९८ हजार २ सय बराबरको बजेट प्रस्तुतकरण गरिएको छ।

गाउँपालिका कार्यालयको सभा हलमा भएकाे गाउँ सभा बजेट प्रस्तुतीकरण प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादव, सभामा स्वागत मन्तब्य राखनु भएको थियो।

वडाअध्यक्ष लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय साह गोढ, जयनारायण कुर्मी, कार्यपालिका सदस्य हरिअोम साह कार्यपालिका सदस्य ,गाउँपालिका महिला ,पुरुष सदस्य कर्मचारी, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन बिक्रम राउत बरैयले संचालन गर्नु भएको थियोे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित