Rashtriya Dainik

बाल्मिकी आश्रममा रहेको सशस्त्र प्रहरीको आफ्नो भवन नहुदा मन्दिरको धर्मशालामा बस्न बाध्य

अारपि उपाध्याय / नवलपरासी ,११ भदौ

नेपालकै दुर्गम स्थानको रुपमा मानिने चितवन माणी नगरपालिका अन्तर्गत पर्ने बाल्मिकी आश्रममा रहेको सशस्त्र प्रहरी बल नेपालको बि.ओ.पी. को आफ्नो भवन नहुदा कार्यरत जनशक्ति मन्दिरको धर्मशालामा बस्न बाध्य भएका छन् ।
पुर्वी नवलपरासीको त्रिवेणीधाम देखी नारायणी नदी पार गरी २ घण्टा पैदल यात्रा गरी बाल्मिकी आश्रम पुग्न सकिने अवस्था रहेको छ । आश्रम वरिपरी अनकटार जंगल छ भने चितवन राष्ट्रिय निकुञ्जबाट चितवनकै माणी लगायत अन्य पालिकामा आवतजावत शुन्य नै रहेको छ ।
आश्रम पुग्न पनि सुरक्षा निकायलाई नारायणी नदी पार गरी जानुपर्ने तथा सुगम बाटो भारत बिहारको गण्डक ब्यारेज हुदै जानुपर्ने अवस्थाले आश्रम जाने नेपाली नागरिक वा सुरक्षा निकायलाई निकै कष्ट र पिडादायक रहेको सरोकारवाला निकायले बताउदै आएका छन् ।
सुनसान र बिकट स्थान भएपनि आसपासका ईलाका र सिमा सुरक्षाको लागी नेपाल सरकाले २०७१ सालमा सशस्त्र प्रहरी बल नेपाल बाल्मिकी आश्रम बि.ओ.पी. स्थापना गरी सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा जनशक्ति परिचालन हुदै आएको छ ।
राज्यको अर्धसैनिक बल बाल्मिकी आश्रममा परिचालन गर्दा बि.ओ.पी. को आफ्नो आवास नभई मन्दिरको धर्मशाला प्रयोग गर्दै आएको पनि जानकारी प्राप्त भएको छ ।
नेपाल सरकारले बि.ओ.पी. स्थापना गर्दा आवासको भरपर्दाे व्यवस्था गरेर मात्र सिमा सुरक्षा बललाई परिचालन गर्नुपर्नेमा गृहमन्त्रालयले हतारमा सुरक्षा जनशक्ति व्यवस्थापन गर्दा कार्यरत जनशक्तिहरुले पिडादायी रुपमा सेवा गर्न बाध्य भएको स्रोतले बताएको छ ।
स्वच्छ पानीको अभाव, जिवनजल र सिटामोल खरिद गर्न पनि भारतिय बजारनै जानुपर्ने बाध्यताको अन्त्य कहिले र कसरी हुने हो पर्खाइको बिषय बनेको छ ।
यस सम्बन्धमा सशस्त्र प्रहरीबल नेपालका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र खड्का संगको सम्पर्कमा उहाले बिधि र प्रकृया अनुसार जग्गा उपलब्ध गरी यथासिघ्र भौतिक संरचना बनाउने योजना रहेको प्रतिक्रिया दिनुभएको छ ।
त्यसैगरी नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउपालिका वार्ड नं. ७ मा रहेको सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पी. को अवस्था पनि सन्तोषजनक नरहेको श्रोतले बताएको छ । सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पी को भवन पुरानो जिर्ण र पानि चुहिने अवस्थामा रहेको छ ।
शान्ति सुरक्षा प्रतिबद्धताको महान आदर्श पुरा गर्ने लक्ष्यका साथ स्थापना भएका सशस्त्र प्रहरी बल भवनको अवस्था ख्यालै नगरी स्थापना भएका बि.आ.पी को भौतिक पक्ष कहिले सुधार होला यसतर्फ निति निर्माताहरु अझ बढि गम्भिर हुनुपर्ने देखिएको छ।
त्रिवेणीमा रहेको बि.ओ.पी भवन पनि हाल गण्डक पश्चिमी नहर अन्तर्गतको जिर्ण भवनमा रहेको पाइएको छ । ए.पि.एफ.को उच्च निकायले पालिका र प्रदेश सरकार संग समन्वय गरि भौतिक पक्ष सुधार गर्ने बताएपनि स्थानिय र प्रदेश सरकारले आफुहरु संग ठुलो बजेट नभएको संकेत गरेको बुझिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित