Rashtriya Dainik

सुरक्षा दिने प्रहरीका दुःख जीर्ण र चुहिने भवनमा बस्दै

बिनोद निगम/ नवलपरासी ,१० भदौ

नवलपरासीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकीका भवन हरुको अवस्था जीर्ण र कष्टकर रूपमा प्रहरी बसिरहेका छन्। २५,३० वर्ष भन्द पुरानो प्रहरी चौकीका भवन जीर्ण अवस्थामा रहेका चौकीका भवनहरूको मर्मत नहुँदा प्रहरीहरू कष्टकर रुपमा बस्न बाध्य भएका छन् ।

पाल्हिनन्दन गाउँपालिका वाड नं ६ सनई ( रगरगंज ) स्थित प्रहरी चौकीमा दुईकोठे भवन र बाहिर एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा ६ जना छन् ।

बर्खामा भवनमा पानी चुहिएर प्रहरीलाई बस्न निकै सकस हुन्छ । टिनले बारेको भान्साघर जीर्ण भइसकेको छ । बर्खामा पानी चुहिएर खाना पकाउन समस्या हुन्छ । टिनले बारेको भान्साघर बेलाबेलामा हावाले उडाइदिन्छ ।

पाल्हिनन्दन गाउँपालिका वाड ६ सनई स्थित ( रगरगंज ) सीमा प्रहरी चौकीमा दुईकोठे भवनमा कोच्चिएर बस्छन् । भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । बाहिर भएको भान्साघरको टिन छियाछिया छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । ‘प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन्। र आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्, प्रहरी ।

चौकीमा प्रहरीलाई वर्षाको पानीबाट जोगाउन पाल टाँगिएको छ । भवनमा वर्षा भएँ पछि पानी चुहिन्छ, झ्याल, ढोका नभएकाले सर्पको जोखिम छ । प्रहरी चौकीको भवनमा ‘छतबाट प्लास्टर उप्केर जिउमै पनि खस्छ । दुःखका साथ बसेका छौँ ।

त्यस्तै पांचपेडा प्रहरी चौकीको भवन छत चर्किएको छ भने केही स्थानमा डल्ने अवस्थामा रहेको छ । पानी परेको बेला भवनभित्र पानी पस्छ । केही समय अगाडीसम्म त पानी पर्दा प्रहरीहरू चौकी परिसरमा रहेको प्रतिक्षालयमा सुत्नुपर्ने बाध्यता हुन्छ । ‘अहिले फुटेको स्थानमा प्लास्टिक लगाएका छौं भवन भित्रै सुत्न मिल्ने बनाए पनि यस्तो समस्या हरेक वर्ष प्रहरीले भोग्दै आएको छन् ।

सरावलको सिमावर्ती क्षेत्रमा रहेको भुजहवा प्रहरी चौकिको भवन पनि उस्तै जीर्ण छ । कार्यालय सञ्चालन र आवासका लागि एउटै भवन प्रयोग हुँदै आएको छ । त्यो पनि जीर्ण अवस्थामा छ । भुजहवा चौकिका लागि बनाईएको भान्साघरको अवस्था दयनिय छ । पानी पर्दा सबै चुहिने भएका कारण छतमा त्रिपाल लगाईएको छ । पानी पर्दा शौचालयमै छाता ओढेर बस्नुपर्ने बाध्यता रहेको छ । ‘भन्सा चुहिएर माथि त्रिपाल लगाएका छौं, शौचालयको अवस्था पनि उस्तै छ मर्मत सम्भारका लागि पालिकासंग अनुरोध गरेका छौे’ भुजहवा प्रहरीले बताएको छ ।

सनई,भुजाहवा, पांचपेडा प्रहरी चौकीको भवन मात्र होइन, जिल्लाका अधिकांश चौकीका भवन जीर्ण बन्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लामा एक जिल्ला प्रहरी कार्यालय र सीमा प्रहरी चौकी ७ वाट प्रहरी चौकी ५ वटा इलाका प्रहरी कार्यालय ७ वाट प्रहरी पोष्ट ३ वाट प्रहरी चौकी रहेका छन्। तीमध्ये एउटा इलाका प्रहरी कार्यालय भवन पुन : निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित