Rashtriya Dainik

माओबादी विशेष रूपान्तरण अभियान विजयनगरमा सम्पन्न

कपिलवस्तु,१० भाद्र

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।

नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य सुकई थारु, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र अचार्य नेकपा माओबादी केन्द्र जिल्ला संयोजक बिष्णु वेलवासे, सरिता अर्याल रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एहसान खानले माओबादीले सबैलाई अधिकार संविधानमा दिलायो तर पूर्ण कार्यनवयनमा ल्याउन नेकपा माओबादी पार्टीलाई दुई तिहाई बहुमतका साथ सरकारमा ल्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै सुकई थारुले एकजुट भएर नेकपा माओबादीमा लाग्नुपर्ने र माओबादी पार्टीमा नै सबैको हक अधिकार सुनिश्चित रहेको बताए।

कार्यक्रममा बोल्दै आचार्यले तीन महिने जनतासंग माओबादी बिशेष रूपान्तरण बारे प्रकाश पर्नुभयो।

जिल्ला संयोजक बेल्वासेले संसारमा दुई वर्गका मानिस रहेको एउटा काम गरेर खाने अर्को अरूको मिहिनेतमा बाच्ने तर माओबादी पार्टी जहिले पनि श्रमको सम्मान गर्ने बताए।

कार्यक्रममा बोल्दै उपाध्यक्ष मौलाना मशहूदले नेकपा माओबादी पार्टीलाई अझ बलियो बनाइएन भने पाएको उपलब्धि समेत गुम्ने खतरा रहेको बताउदै भ्रष्टाचारको बिरूद्धमा लाग्ने पार्टी नेकपा माओबादीलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउदै माओबादी नेतृत्वको सरकारले गरि रहेको काम ऐतिहासिक हो र हामी सबै पार्टीका साथी हरूले यो ऐतिहासिक काम हरूलाई प्रत्येक नागरिक सम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष नुरुल खानले विजनगर गाँउ कमिटीको बैठकद्वारा भएको निर्णय पार्टीको रूपान्तण अभियानमा सहयोग पुग्ने बताउदै विजयनगरमा नेकपा माओबादी पार्टी पहिलो स्थानमा ल्याउने तथा जनताको साथमा सधै रहने बताए।

कार्यक्रममा नगर कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो। सुदिप सारू कार्यक्रम संचालन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित