उत्तमकुमार थापा
बझाङमा नेपाल सि.एम.ए सँघकाे तेस्रो जिल्ला अधिवेशन सञ्चालन भएको छ ।
आज एक कार्यक्रमका विच सदरमुकाम चैनपुरमा रहेकाे हाेटेल हाेलिडे इनकाे सभाहलमा अधिवेशन सञ्चालन भएको हाे । सञ्चालन कार्यक्रममा नेपाल सि. एम .ए सँघ बझाङका अध्यक्ष मदन धामीकाे अध्यक्षतामा सञ्चालन कार्यक्रमका प्रमुख अतिथि नेपाल सि. एम. ए सँघका केन्द्रीय महासचिव लालबहादुर खड्का रहनु भएको थियाे । विशिष्ट अतिथिमा सह- काेषाअध्यक्ष धर्मराज अधिकारी यज्ञ गिरी बिशिस्ट अतिथि सहित विभिन्न पदाधिकारीहरुकाे उपस्थिति रहेको थियाे ।

सदरमुकाम चैनपुरमा सञ्चालन भएको सि एम ए काे तेस्रो जिल्ला अधिवेशनले तिव्र पाउने भएको छ । जसले देशमा भएका स्वास्थ्य क्षेत्रमा राम्रो भुमिका खेल्ने र नराम्रो भएको स्थानमा खवदारी गर्ने सि एम ए सँघ बझाङका कृष्ण गुरुधामीले बताउनु भयाे । अब यस सँघले भईरहेका नराम्रो कामको बारेमा सधै खवदारी गर्ने र आजै बन्द सत्रबाट सुरु हुने उहाँको भनाइ छ । कार्यक्रम हाेटेल हाेलिडे ईन बझाङमा सञ्चालन भएको थियाे भने कार्यक्रम सञ्चालन नेपाल सि एम ए सँघ बझाङका सचिव अशाेक मल्लले गर्नुभएकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

