राजन चौधरी / रुपन्देही , ८ भदौ
बुद्धको मावली स्थल रुपन्देहीको देवदह नगरपालिकामा विगत लामो समयदेखि वातावरण मैत्री रूपमा अध्यापन गराउँदै आएको शैक्षिक संस्था देवदह मदर टङस् एकेडेमीले देवदह ६ मा रहेको शिवालय सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पौडेलले विद्यार्थी जिबनमा किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान, वातावरण संरक्षण सम्बन्धी शिक्षा अत्यावश्यक रहेको बताउनु भएको छ। वृक्षारोपण गर्नका लागि शिवालय सामुदायिक वनलाई रोजेकोमा धन्यवाद दिँदै विद्यार्थीहरुले रोपेका बोटबिरुवाहरुलाई सामुदायिक वन परिवारले संरक्षण गर्ने सँगसँगै पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सेवालाई सामुदायिक वनको उक्त जग्गामा देवदह मदर टङस् एकेडेमीका १५० जना विद्यार्थीले करिब २५० भन्दा बढी धुपी सल्लाको बिरुवा रोपेका थिए।

उक्त बृक्षरोपण कार्यक्रम शिवालय सामुदायिक बनका अध्यक्ष राम चन्द्र पौडेल, निवर्तमान अध्यक्ष खेमनारायण अधिकारी, देवदह मदर टङस् एकेडेमीका प्रधानाध्यापक रामबहादुर गुरुङ्ग, शिबालय सामुदायिक बनका लेखा संयोजक एवं उक्त विद्यालयका सहायक प्रधानाध्यापक यामलाल शर्मा, वडा सदस्य सावित्रा पौडेल तथा समाजसेवी रुक्मागत पौडेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

