Rashtriya Dainik

हर्क साम्पाङलाई अदालतको आदेश- व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्नू

राष्ट्रिय दैनिक /८ भदौ

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।

धरानका रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जग्गामा प्रवेश गरेर धरपकड गरेको भन्दै मेयर साम्पाङविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

व्यक्तिको जग्गामा प्रवेश गरेर मेयर साम्पाङले धरान–४, छोटी मोरङ डाँडामा ६ साउन वृक्षरोपण गरेका थिए । तर, मेयर साम्पाङले भने वृक्षरोपण गरेको जग्गा सर्दु सट्टाभर्नाको जग्गा भएको दाबी गर्दै आएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित