नवलपरासी : मोहन बैध्य ‘किरण’ नेतृत्वको पार्टी , क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट नगर संगठन समितिले बर्दघाट नगरका समस्या सहित विभिन्न १० बुदे माग राख्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाएको छ ।
रास्ट्रिय, जनतन्त्र र जनजिबिका संग सम्बन्धित माग पत्र लिएर बिहीबार नगरमा पुगेको पार्टीको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो । नगर इन्चार्ज चुडामणि भन्डारी र नगर संयोजक ज्ञान बहादुर केसीको अगुवाइमा पुगेको टोलीमा महाधिवेशन आयोजक समिती सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पान्डेय , प्रदेश सदस्य सुर्य प्रसाद सापकोटा; जिल्ला सदस्य तथा बर्दघाट-४ का इन्चार्ज लालु गिरी लगायतको बिशेष उपस्थिति थियो ।
ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहिन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ । सो अवसरमा जिल्ला इन्चार्ज थापाले पार्टीको जायज माग पुरा गर्नका लागि नगरको नेतृत्वलाई ध्यानाकर्षण गराउदै बिकृती बिसङ्गती , भ्रष्टाचार एवं कमिशनखोरि कुनै पनि हालतमा सैह्य नहुने बताउनु भएको थियो । फरक प्रसङ्गमा उहाँले एमसीसी एसपिपि जस्ता रास्ट्रघाती योजना कार्यान्वयनमा सहयोग नगर्न आग्रह गर्नु भएको थियो ।

सो अवसरमा नगर इन्चार्ज चुडामणि भन्डारीले कार्यक्रम संचालन र नगर संयोजक ज्ञान बहादुर केसीले पार्टीको ज्ञापनपत्र बाचन गर्नुभएको थियो । टोलिलाई नगर प्रमुख श्रेष्ठले धेरै मागहरु नगरको नीति कार्यक्रममा समाबेश भएको उल्लेख गर्दै मागहरुलाई बजेट ब्यवस्था गर्दै क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाउनुभएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालको समेत उपस्थिति थियो ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

