बिनोद निगम /नवलपरासी ,६भदौ
पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १३ मगरघाट नजिकको जंगलमा एक पुरुषको शव फेला परेको छ । शव रुपन्देहीको देवदह नगरपालिका ८ चटेरा बस्ने अन्दाजी ५५ वर्षीय ईन्द्र प्रसाद थारुको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक थारुका छोरा ३७ वर्षीय चन्द्रिका थारुले शव पहिचान गरी सनाखत गरिएको हो । उनको शव आज (बुधबार) दिउँसो स्थानीयले जंगलमा मिस्कटको थुप्रोमा फेला पारेका थिए । स्थानियले शव भेटिएको खबर प्रहरीलाई गर्ना साथ प्र.स.नि भिम बहादुर चौधरीको कमाण्डमा २ जना र ईप्रका सुनवलबाट प्र.ब.ना.नि. राजेश भट्टराईको कमाण्डमा ५ जना टोली घटनास्थलमा खटिएका थिए ।
यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा SOCO सहित ५ जनाको टोली घटनास्थलमा पुगेर मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल परासी पठाएको प्रहरीले जनाएको छ।
डिएसपी पाण्डेका अनुसार घटनाको बारेमा आवश्यक अनुसनधान भईरहेको छ । मृतक थारु हिजोदेखि नै घरबाट निस्केर हिडेको र खोजतलास गरिपाउँ भनी प्रहरी चौकी खैरेनीमा घरपरिवारले निवेदन दिएको भन्ने खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिएका छन् ।
।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

