बिनोद निगम/नवलपरासी,६ भदौ
ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरिक्षक मेघनाथ चापागाईंको सरुवा भएको छ । विगत १६ महिनादेखि इलाका प्रहरी कार्यालय महेशपुरमा कार्यरत चापागाईंको सरुवा हुनु भएको हो ।
चापागाईको लमजुङ जिल्लामा सरुवा भएको जानकारी दिनुभयो । आफू महेशपुरमा रहदा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन अहोरात्र कृयाशिल रहेको र सो कार्यमा सबै पाल्हिनन्दन-बासिको साथ पायेकोले आफ्नो कार्यकालमा कुनै आपराधिक तथा अप्रिय घट्ना नभएको बताउदै सबै पाल्हिनन्दन-बासीलाई धन्यवाद समेत दिनु भयो।
आफुले शुशासन कायम गर्न र समाजलाई सकारात्मक दिशा निर्देश गर्न र खबरदारी गरी समाजमा सुशासन कायम गर्न संचार जगतको महत्वपूर्ण भुमिका रहको हुदा महेशपुर मा आफू रहदा सबै पत्रकार र सन्चार माध्यमको र महेशपुर बसाइका क्रममा सबैको सहयोग प्राप्त भएको भन्दै चापागाईंले आभार ब्यक्त गर्नुभयो । इलाका प्रहरी कार्यालय महेशपुरमा प्रहरी निरिक्षक फलबहादुर तामाङ आउनु भएको छ ।
तामाङ हाल काठमाडौं उपत्यकाबाट महेशपुर आउनु भएको हो । प्रहरी प्रधान कार्यालयल गत मंगलबार नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

