Rashtriya Dainik

प्रथम पटक नेपालमा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । मुक्त फाउन्डेसनको आयोजनामा प्रथम पटक नेपालमा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालय, त्रि–चन्द्र क्याम्पस (मानवशास्त्र विभाग), त्रिचन्द्र मानवशास्त्र समाजलगायत अन्य विभिन्न संघ तथा संस्थाहरुको सहकार्य रहेको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत मुक्त फाउन्डेसनले आगामी मंसिर २१ र २२ गतेका लागि पर्यटकीय नगरी पोखरामा सम्मेलनको आयोजना गरिने जानकारी गराएकाे हाे । कार्यक्रममा नेपाल र भारत, दक्षिणपूर्वी एसिया र युरोप अमेरिकाबाट विभिन्न व्यक्ति र संस्थाहरुले सहभागिता जनाउने जनाइएको छ । विभिन्न देशबाट आएका र नेपालका सहभागीहरुले ३० वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

पोखरामा हुने उक्त कार्यक्रममा देशका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा सांस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध पाँच सयभन्दा बढि व्यक्तिहरु सहभागी हुने आयोजकको भनाई छ । सम्मेलनले नेपालको हिमाली पर्यावरण, हिमाली सभ्यता र संस्कृतिबीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक आध्यात्मिक ज्ञानको उन्नयन र विकासका पक्षमा नयाँ ढोका खोल्ने मुक्त फाउण्डेशनका अध्यक्ष दामोदर त्रिपाठीले जनाए ।

‘हिमाली क्षेत्र संसारको विशिष्ट क्षेत्र हो । यसलाई हामी तेस्रो ध्रुब पनि भन्छौं । यो पूर्व वर्मादेखि इरानसम्म फैलिएको आठ हजार मिटर लामो हिमाली खण्ड हो । यसको विशिष्ट भौगोलिक र पर्यावरणीय कारणले गर्दाखेरि मान्छेहरुको रहनसहन, बसोबास पनि भिन्न प्रकृतिको छ । विश्वमा जहाँसुकै बसेर यो क्षेत्रको अध्ययन गरेकाहरु यो सम्मेलनमा आउने छन्,’– उनले भने ।

सम्मेलनले नेपालको हिमाली क्षेत्रलाई प्राकृतिक र शाहासीक पर्यटनका अलावा आध्यात्मिक/धार्मिक अध्ययन तथा पर्यटनको एक केन्द्रको रुपमा थप विकास गर्न महत्वपूर्ण प्राज्ञिक आधार प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।

ऋग्वैदिक समाज र संस्कृतिका सकारात्मक पक्षहरुका सम्बन्धमा आम मानिसहरुका धारणा र मान्यतालाई पुर्नजाग्रित गर्न यो सम्मेलन कोशेढुंगा सावित हुने जनाइएको छ । कार्यक्रममा वैदिक साधक ग्यारी मिलरले आफ्नो धारणा राखेका थिए ।

पाेखरामा प्रथम पटक ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित