नयाँदिल्ली । भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक चन्द्रयान-३ को अवतरण गराउने भारत विश्वकै पहिलो मुलुक बनेको छ । भारतीयहरुले पनि यसलाई इतिहास रचेको संज्ञा दिएका छन् । चन्द्रमामा अवतरणसँगै चन्द्रयान-३ ले त्यहाँको अध्ययन गरी थप जानकारी जुटाउनेछ ।
गत १४ जुलाईको दिउँसो २:३५ बजे भारतको श्रीहरिकोटाबाट उडान भरेको चन्द्रयान-३ ले ४० दिनको यात्रा पूरा गरेर चन्द्रमाको सतहमा सफल अवतरण गरेको हो । चन्द्रमामा चन्द्रयान-३ को सफल अवतरणसँगै भारतमा खुसियाली मनाइएको छ । भारतीय प्रधानमन्त्रीले समेत यसलाई मुलुकको सफलताका रुपमा लिएको जनाएका छन् ।
यो यानले चन्द्रमाको कम अनुसन्धान भएको दक्षिणी धुव्रमा बरफको खोजी गर्नेछ । जुन यो मिसनको मुख्य उद्देश्य हो । बरफ भेटिएको अवस्थामा चन्द्रमामा मानव बस्ती विकास गर्न सहयोग पुग्ने वैज्ञानिकहरुको दाबी छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

