संजय कुशवाहा / नवलपरासी ६ भदौ
पश्चिम नवलपरासीमा करिब १ लाख १० हजार मुल्य बराबरको अवैध युरिया मल प्रहरीले बरामद गरेको छ ।
प्रतापपुर गाउँपालिका वडा न.३ गिदहा स्थित साधु चमारको फुलले छाएको कच्ची घरमा ७० बोरा युरिया मल र सोही ठाउँ बस्ने मोतीलाल यादवको घारमा ४० बोरा युरिया मल लुकाई छिपाई राखेको अवस्थामा मंगलबार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएका प्रहरी टोली , बोर्डर आउट पोष्ट गुठी परसौनीबाट खटिएका सशस्त्र प्रहरी टोली र सशस्त्र प्रहरी बेस क्याम्प सेमरीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनाको घर खानतलासी गर्दा ७० र ४० बोरा गरी ११० बोरा अवैध मल संयुक्त टोलीले बरामद गरेका हुन ।
उक्त बरामद गरेको युरिया मल अनुसन्धानको लागी भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

