Rashtriya Dainik

दाउन्नेको ओरालोमा यात्रुवाहक बस ब्रेक फेलभै दुर्घटना हुदा बसमा सवार २ दर्जनभन्दा बढी यात्रु घाइते

अारपि उपाध्याय / नवलपरासी , ५ भदौ

पुर्व पश्चिम् राजमार्गको बर्दघाट दुम्किबास सडक खण्डको दाउन्नेको ओरालोमा यात्रुवाहक रात्री बस ब्रेक फेलभै दुर्घटना हुदा बसमा सवार २ दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउपालिका वार्ड न.२ स्थित दाउन्नेको घिउ खोलामा पश्चिम धनगढीबाट काठमाडौ तर्फ जाँदै गरेको सु.प.प्र ०१-००१ ख २९८६ नम्बरको बस दुर्घटना हुदा ठूलो संख्यामा यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डि.एस.पि बेद पौडेलले जानकारी दिनु भएको छ।

बसमा सवार ३६ यात्रु मध्ये २९ यात्रु घाइते भएका छन भने घाइतेहरुको दुम्किबास स्वास्थ चौकी र मध्यबिन्दु जिल्ला अस्पताल कावासोतीमा उपचारभै रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि जटिल रुपमा घाइते भएका ८ ब्यक्तिलाई थप उपचारका लागि पुरानो मेडिकम कलेज भरतपुरमा रेफर गरिएको बताइएको छ ।

घाइते हुनेहरुमा बस चालक कैलाली धनगढी ४९ बर्षका मित्र सिंह खड्का , बर्दिया मधुबनका १८ बर्शिय शोभा चौधरी , जैसिपुर गाउपालिका ७ का बर्ष २३ का पुल बहादुर नुल , कैलाली लम्कीचुल्हा गाउपालिका १ बस्ने ७० कि लाली बि. क लगायत रहनु भएको प्रहरीले जानकारी दिएको छ ।
लामो दुरिबाट छुट्ने यात्रुबसमा एउटा मात्र चालक रहने र दाउन्ने आसपास इलाकामा बस आइपुग्दा प्राबिधिक समस्या र केही चालक निदाउने गरेको बुझिन आएकोले यसतर्फ सम्बन्धित निकाय समयमै सचेत रहनु पर्ने माग पनि स्थानिय स्तरबाट उठ्दै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित