Rashtriya Dainik

सासु र श्रीमान मिलेर थप दाइजो नल्याएको भन्दै राेशनी चाैधरीको हत्या गरिएको माइती पक्षको आराेप

 

राष्ट्रिय दैनिक / रुपन्देही , ५ भदौ

रुपन्देहीको राेहिणी गाउँपालिका वडा नम्बर ६ चम्कीपुर (बसन्तपुर) मा दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ।

साउन २८ गते आइतबार राति श्रीमान महातम चाैधरी र उनका आमा मिली २० वर्षीया राेशनी चाैधरीलाई मारेर पंखामा झुन्डाइएको राेशनीकाे बाजे फाैजदार चाैधरीले आराेप लगाउनु भएको छ।

सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरी निवासी राेशनी चाैधरी फागुन १ गते रुपन्देहीको राेहिणी गाउँपालिका ६ चम्कीपुर (बसन्तपुर) बस्ने महातम चाैधरीसंग वैवाहिक सम्बन्ध गाँसिएकि थिइन।

बिहेपछि सासु र श्रीमानले थप दाइजो ल्याउन दबाब दिदैं आएको राेशनीकाे आमा कुन्ति देवि चाैधरीले बताउनु भएको छ । श्रीमानले थप दाइजो नल्याए श्रीमती राेशनीलाई छोड्न दबाव दिदै आएका थिए ।

साउन २७ गते श्रीमान महातमले श्रीमती राेशनीलाई माइतीघर छाेडेर गए । २८ गते राति मादक पदार्थ सेवनगरी ससुराली आएर झैझगडा गरेर १ बजे राति राेशनीलाई लगेको राेशनीकाे बाजे फाैजदार चाैधरीले बताउनुभयो । फाैजदारका अनुसार नातिनी ज्वाइँ महातमलाई राेक्न खाेज्दा गालि गलाैज गर्ने गरेको र घर गएर तिमिलाई तह लगाउछु भनी राेशनीलाई धम्की दिदै १ बजे रातितिर लगे ।

२४ घण्टा नबित्दै महातमले राेशनीलाई मारेर झुन्डाएकाे फाैजदार चाैधरीले आराेप लगाउनु भएको छ।

छाेरीकाे मृत्युको खबर प्रहरीले २९ गते बिहान गरेको आमा कुन्ति देवि चाैधरीले बताउनुभयो । एक हप्ता भन्दा बढी समय भइसकेपनि पाेष्टमार्टम रिपोर्ट नआएको भन्दै आमा कुन्तिले चिन्ता ब्यक्त गर्नुभएको छ।

महातम र उनको आमालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २४ घण्टाकाे लागि अनुसन्धान गरि छाेडेकाे छ।

केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातना दिदै आएकाे आमा कुन्ति देवि चाैधरीले बताउनु भएको छ । आमा कुन्तिले यस्तो जघन्य अपराध गर्नेलाई कडाभन्दा कडा सजाय हुनुपर्ने माग गर्दै आइ रहनुभएकाे छ ।

https://youtu.be/4BdsqnTaH74

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित