Rashtriya Dainik

सुस्तामा मानिस मृत अवस्थामा फेला

ज्ञानेश्वर सहानी /नवलपरासी , ५ भदौ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ गुदरियामा रहेको भारतीय गण्डक नहरको पानीको छेउमा बर्ष १९ को पुरुष मृत अवस्थामा फेला परेको छ ।

मृत अवस्थामा शव देख्नसाथ स्थानियले नजिकको ईलाका प्रहरी कार्यालय बेलाटारीलाई जानकारी दिएका छन् । सुचनाको अधारमा प्र.ब.ना.नि. मिठे थापा क्षेत्रीको कमाण्डमा SOCO सहित ७ जनाको टोली घटनास्थलमा पुगेको छ ।

घटनास्थलमा मुचुल्का लगाएत प्रारम्भिक अनुसन्धान कार्यको लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.नि. माधब भण्डारीको कमाण्डमा थप टोली खटिगएको सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनु भएको छ।

उक्त शव भारत बिहार प्रदेश पश्चिम चम्पारण जिल्ला थाना बाल्मिकीनगर ३ नं. पहाड बस्ने मिना पौलको छोरा बर्ष १९ को सुजित पौल रहेको मृतकको दाजु कुनाल कुमारले सनाखत गरेको छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित