Rashtriya Dainik

त्रिवेणीको शिवालयघाट क्षेत्रमा बृक्षारोपण

अारपि उपाध्याय / नवलपरासी , ४ भदौ

पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा न. ६ स्थित त्रिवेणीको शिवालयघाट क्षेत्रमा एक कार्यक्रमका बिच बृक्षारोपण गरिएको छ ।

त्रिवेणीघाटको सौन्दिर्यकरण गर्ने र हरियाली बढाउने उद्धेश्यका साथ बृक्षारोपण गरिएको आयोजकले जानकारी दिएका छन् ।
स्थानिय युवा समाजसेवी अचल कुमार जोसीको अध्यक्षतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका गजेन्द्रमोक्षधाम क्षेत्र बिकास समितिका अध्यक्ष करपात्रि स्वामी कृष्ण प्रपन्नाचार्यले नारायणी नदी किनारामा गरिएको बृक्षारोपण कार्यले हरियाली बढ्ने र घाटको सौन्दर्यकरणले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने बताउनुभयो । स्वामी प्रपन्नाचार्यले लक्ष्मीमाताको स्वरुप प्रकृती भएकोले बृक्षारोपण बाट नै लक्ष्मीमाताको सम्मान र लक्ष्मी प्राप्तीको बाटो खूल्ने धारणा पनि राख्नुभयो ।

बृक्षारोपण कार्यक्रममा मित्र राष्ट्र भारत बिहार बाल्मिकी नगर कष्टमका सुपरीटेन्डेन्ट अधिकृत के.के. मिश्राले बृक्षोपणमा आफुलाई सहभागी गराईएकोमा धन्यवाद ज्ञापन गर्दै त्रिवेणीधाम र गजेन्द्रमोक्षधामको सुन्दरता अनुपम भएकोले यो आश्रमको महिमा प्रती धार्मिक र अध्यात्मिक दर्शन लुकेको बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरीबल नेपाल त्रिवेणी बि.ओ.पीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डे , ईलाका प्रहरी कार्यालय त्रिवेणीका बरिष्ठ स.ई प्रेम बिष्ट त्रिवेणी भन्सार प्रमुख चण्डीराज गेलाल , गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषाल लगायत संघ संस्थानका प्रतिनिधि , स्थानिय ब्यापारी, धार्मिक ब्यक्तित्व लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अध्यक्ष जोसीले १ लाख ७५ हजारको आय व्यय प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विभिन्न ३५ को सङ्ख्यामा विभिन्न जातका बिरुवा लगाइएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित