राजन कुमार बानिया / पर्सा , ४ भदौ
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको अाज एक कार्यक्रमका बिच शिलान्यास भएको छ।
गाउँपालिकाको प्रशासकीय भवनको प्रमुख अतिथि रहनु भएका नेपाल सरकारको परराष्ट्र मन्त्री एन.पि. साउदले बिधवत रुपमा पुजापाठ गरि शिलान्यास गर्नु भएको हो।
शिलान्यास कार्यक्रमको समारोहमा बोल्दै परराष्ट्र मन्त्री साउदले भने पर्सा जिल्ला ईतिहासिक जिल्ला हो। जब जब देशमा समस्या अाएको छ। जुनबेला पर्साका योद्धाहरुले सहयोग गरि ईतिहास बनाएको छ। मन्त्री साउदले पुरानो सम्झना याद गर्दै भने स्वर्गीय अात्माराम अोझा लगायत योगदानको बारेमा चर्चा गर्नु भएको थियो। मन्त्री साउदले भने यश क्षेत्रका बिकासमा सहयोग गरिने प्रतिबद्धता गर्नु भएको थियो।
शिलान्यास कार्यक्रममा बिशिस्ट रहनु भएका नेपाली कांग्रेसका जिल्ला सभापति एवम प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीले भने महिला हरुको उपस्थित देखेर खुशि हुँदै भने तिनै तहका सरकारमा महिलाको उपस्थित देखिएको छ ।अब महिलाहरुले अा अाफ्ना छोरा छोरी हरुलाई शिक्षामा भेदभाव नगर्न अाग्रह गर्नु भयो । छोराहरुलाई प्राईबेट बिधालय र छोरीहरुलाई सरकारी बिधालयमा पठन पाठन गराई भेदभाव गरिरहेकोले दुईटैलाई एक समा्न गर्न अाग्रह समेत गर्नु भएको थियोे ।
प्रदेश सांसद सिंहले भने गाउँपालिकाले जग्गा उपलब्ध गराएमा अाउने अार्थिक वर्षमा टाउन हल बनाउनमा सहयोग गरिने प्रतिबद्धता गर्नु भएको थियोे । प्रसाशनिक भवनको लागि स्थानिय मनोज चौधरीले ३ कठा ,१२ धुर जग्गा दान गर्नु भएकोमा बधाई समेत गाउँपालिका अध्यक्ष दिनेश चौधरीले दिदै भने भवन निर्माणको लागत ६ करोड ८ लाख ८ हजार ४३ रुपैयाको लागतमा तीन तले भवन निर्माण हुने बताए र दुई वर्ष भित्र काम सम्पन्न गरिने अध्यक्ष चौधरीले बताए ।
अध्यक्ष चौधरीले भने चुनावको बेला गरिएको बच्चा बिस्तारै बिस्तारै पूरा गरिने बताए । गाउँपालिका अध्यक्ष चौधरीले तीन महिना भित्र एमबिबिएस समेत दस सैयाको अस्पतालको उद्घाटन गरिने बताए । हुलाकी राजमार्ग बाट भाथाधाम जाने बाटो निर्माण हुने र एक करोड रकमसमेत अाईसकेको र यो योजना बहुबर्षिय योजना रहेकोले यो सडक बाटोबाट भाथाधाममा पर्यटन प्रबर्द्धनमा सहयोग पुगने बताए । यो अार्थिक वर्षमा तिल गंगा अस्पतालको शाखाको लागि
भवन निर्माण गर्ने ।यस्तै कृषि बजारको सेड निर्माण गरिने लगायत दाबि गर्नु भएको थियो।
शिलान्यास कार्यक्रम गाउँपालिकाको प्रसाशनिक भवन बनाउन जग्गा दाता समाजसेबी मनोज चौधरीलाई दोसाला अोढाई कदरपत्रबाट सम्मानित समेत गरेको थियोे ।

कार्यक्रम गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्ष्ातामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मी, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा अध्यक्ष फरमान मिया,वडा अध्यक्ष बिजय गैरे,वडा अध्यक्ष माधव राउत थारु,वडा अध्यक्ष बासु पंजियार वडा ५ अध्यक्ष विपिन मुखिया,पोखरियाका पुर्व मेयर दिपनारायण रौनियार, क्षेत्रिय सभापति श्रीकिसुन चौहान ,कार्यपालिका सदस्य ,वडा सदस्य,बुद्धिजीवी ,समाजसेवी, कार्यलय कर्मचारीहरु लगायतहरुको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

