आरपी उपध्याय / नवलपरासी ३ भदौ
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ स्थित गण्डक मुख्य पश्चिमी नहरमा २ व्यक्ति डुबेर बेपत्ता भएका छन।
विनयी त्रिवेणी ७ अन्तर्गत पुरानो भन्सार नजिक रहेको अग्लो साइफनमा मादक पदार्थ सेवन गरि बसेका दुई भारतिय नागरिक अचानक साइफनबाट खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै ईलाका प्रहरी कार्यालय त्रिवेणीले जानकारी दिएको छ।
भारत विहार पश्चिमी चम्पारण थाना बाल्मिकी नगर बस्ने वर्ष २२ का राजु पाल र वर्ष १८ का सुजित पाल आइतबार २:३० को समयमा नहरमा डुबेर बेपत्ता भएका हुन।
पाल दाजुभाइ नहरमा खसेर बेपत्ता भएपछि तत्काल गण्डक मुख्य पश्चिमी नहरको पानी बन्द गरि खोजी कार्य भैरहेको तथा खोजि कार्य सोमबार पनि जारी रहने ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ सब इन्स्पेक्टर प्रेम विष्टले बताउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

