Rashtriya Dainik

वडा सम्मेलन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

आरपी उपध्याय/ नवलपरासी ३ भदौ

नेपाली काङ्ग्रेस नवलपुरको आयोजनामा जिल्ला अन्तर्गत वडा भेला गर्ने सम्बन्धि अभिमुखिकरण कार्यक्रम बि.पि.भवन कावासोतिमा सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेसको विधान अनुसार गरिनुपर्ने भेलालाई वडा तहदेखि जिल्ला तहसम्म यहीँ भाद्र मसान्तसम्म गरिनुपर्ने प्रावधान अनुसार भेला हुन लागेको कार्यवाहक सभापति चन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
नवलपुर जिल्लामा भएको ९२ वडा कार्यसमितिमा आउदो भाद्र ९ गते एकैपटक भेलाको आयोजना गरिएको र उक्त वडा भेलामा नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य,वडा कार्यसमिति, भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई पार्टीको नीति र पछिल्लो समयमा भएका गतिविधिबारे जानकारी आदनप्रदान गर्ने कार्यक्रम रहेको पार्टीका जिल्ला सचिव महेन्द्र पोख्रेलले बताउनु भएको छ।
अभिमुखिकरण कार्यक्रमलाई नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टीले दिएको जिम्मेवारीलाई सबै नेता,कार्यकर्ता र शुभेच्छुकले पालना गर्नुपर्ने बताउदै अहिले नेपाली काङ्ग्रेस कठिन मोडबाट गुज्रिरहेको अवस्थामा वडा,पालिकादेखी जिल्ला तहसम्म हुने भेलाबाट निस्केको निष्कर्ष अनुसार पार्टीले नयाँ योजना सहितको रणनीति बनाउने जानकारी दिनुभयो । लामिछानेले पार्टीमा अनुशासनको ठूलो महत्व भएकोले अनुशासित कार्यकर्ताको परिश्रमबाट नै गन्तव्यमा पुग्न सकिने धारणा राख्नुभयो।
अभिमुखिकरण कार्यक्रममा दुर्गा लक्ष्मी काफ्ले,गोकुल सापकोटा,बद्री नेपाल, बालकृष्ण भुसाल,अर्जुन चालिसे लगायतले पार्टीमा भएको कमिकमजोरीलाई अन्त्य गरि वडा भेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने सुझाव दिएका थिए।
अभिमुखिकरण कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका पदाधिकारी जिल्ला सदस्य,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि र वडा भेलामा खटिने जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा वडा भेलाको लागि जिल्ला प्रतिनिधिहरुलाई प्रशिक्षण पनि दिइएको जिल्ला कोषाध्यक्ष राजकुमार महतोले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित