Rashtriya Dainik

लहानमा नि:शुल्क कृत्रिम अंगको लागि नापजाँच शिविर हुने

महेश सिंह /सिरहा लहान, २ भदौ – सिर .हाको लहानमा अपाङ्गता भएका ब्यक्तीहरुको लागी कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने भएको छ।नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले कृत्रिम अंगको लागि नापजाँच शिविर आयोजना गर्ने भएको छ। नारायण सेवा संस्थान उदयपुर, भारतको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गर्न लागिएको संगठनले जानकारी दिएको छ।

समाजलाई भलो होस् भने उदेश्यले मारवाडी युवाहरुको एक समुहले हाम्रो समाजमा रहेका अपाङ्गता भएका ब्यक्तीहरुको दु:ख दाई पिडा हेरेर नि:शुल्क रूपमा ठुलो आर्थिक लगानीमा शिबिर संचालन गर्न लागेका हुन्।शिबिरमा दक्ष अनुभवी डाक्टरहरुद्वारा नापजाँच गरिने आयोजकले जनाए।

सिराहाको लाहानमा शिविर आयोजना हुने भएको छ। लाहानको मारवाडी सेवा सदनमा भदौ २४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर आयोजना हुने जनाइएको छ।त्यसै गरी झापाको बिर्तामोडको श्री अग्रसेन भवन शनिश्चरे रोडमा २२ भदौमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुने आयोजकले बताए।

शिविरमा नारायण सेवा संस्थानबाट आएका प्राविधिकहरूले शारीरिक रूपले अस्वस्थ (हातखुट्टा नभएका) हरूको कृत्रिम अंग निर्माणका लागि नापजाँच गर्ने जनाइएको छ।शिविर पूर्णत निःशूल्क रहने र कुनै पनि प्रकारको दर्ता वा अन्य कुनै शूल्क नलाग्ने मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सारडाले जनाए।शिविरमा कुनै पनि प्रकारको शल्यक्रिया वा औषधि उपलब्ध नहुने आयोजक समितिले जनाए।

नापजाँच पछि भारतको उदयपुरमा कृत्रिम अंग निर्माण हुने र त्यसका लागि डेढ दुई महिना समय लाग्ने जनाइएको छ। निर्माणपश्चात वितरण गरिने आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित