Rashtriya Dainik

भन्सार छलेको २२ क्विन्टल चामल बरामद

संजय कुशवाहा / नवलपरासी ३ भदौ

प्रतापपुरमा प्रहरीद्वारा करिब १ लाख १० हजार मुल्य बराबरको चामल गरेको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न. ५ धर्मौली स्थित बाटोको छेउमा खुल्ला सीमानाको फाइदा उठाई भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा प्रहरी चौकी बसहियाबाट प्र.स.नि. जनार्दन यादवको कमाण्डमा खटिगएको गस्ती टोलीले आइतबार बिहान २२ क्विन्टल २० किलो चामल प्रहरीले बरामद गरेको हो ।

उक्त बरामद गरेको चामल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित