Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टीको रामग्राम नगर समिति गठन

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामग्राम नगर संगठन समितिको एकता अधिबेशन , प्रशिक्षण, बैठकले बसन्तको संयोजकत्वमा १३ सदस्सीय नगर संगठन समिति निर्वाचित गरेको छ ।

समितिको सहसंयोजकमा अरुण रहेको नगर ईन्चार्ज जयकिसनले जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संकल्पले प्रशिक्षणात्मक भनाई राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहसंयोजक श्रमीक, नगर संयोजक जयकिसनल शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रदेश सदस्य तथा नगर संयोजक बसन्तको अध्यक्षतामा भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित