कृष्ण ढकाल / नवलपरासी ,१ भाद्र
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ७ जिमिरेभारमा रहेको नेहा अक्वा ईन्डस्टिजले उत्पादन गरेको मिनरल पानीको सिलबोतलमा फोहर वस्तुभेटिए पछि बर्दघाट नगरपालिका,उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समिति र पत्रकारहरुको टोलीले नेहा अक्वा ईन्डस्टिजको अनुगमन गरेको छ ।
उद्योगको अनुगमनसंगै उक्त उद्योगले उत्पादन गरेको फरक– फरक मितिका दुई बोतल पानी खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय भैरहवामा पानीको गुणस्तर परिक्षणका लागि पठाउन संचालक सन्तोष कलवारको रोहवरमा मुजुल्कागरी ल्याइएको छ ।
पाल्हीनन्दन गाउँपालिका वडा नं. १ स्थित चिया पसलमा बिक्रिका लागि राखिएको नेहा अक्वा ईन्डस्टिजले उत्पादन गरेको मिनरल पानीको सिलबोतलमा फोहर वस्तुभेटिएको थियो ।
सिलबोतलमा फोहर भएको खवर उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिले गर्नासाथ नगरले आफ्नो टोलीसहित उद्योगको अनुगमन गरेर पानीको गुणस्तर परिक्षणका लागि पठाइएको बर्दघाट नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्र प्रकाश उपाध्यायले बताउनु भएको छ ।
यता उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आचार्यले संचार माध्याममा आएको भिडियो सहितको समाचारमा उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिले आफ्नो ध्यानाकर्षण गरी बर्दघाट नगरसंग सहकार्य गरेर पानी उद्योगको अनुगमन गरीएको बताउनु भएको छ ।

अनुगमनका क्रममा बर्दघाट नगर कार्यपालिका सदस्य तथा अनुगमन समितिकी सदस्य मञ्जु चालिसे,उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकाल,सदस्यद्धय मनोज सुवेदी,माधब अधिकारी,बर्दघाट नगर उद्योग शाखा प्रमुख पशुपति गैरे,राजश्व शाखा प्रमुख सारदा जि.सी. ,पत्रकार चिरन न्यौपाने,माधब घिमिरे लगाएतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

