राष्ट्रिय दैनिक / नवलपरासी ,१ भदौ
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ७ जिमीरेभार स्थित”नेहा अक्वा “मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा दुषित पदार्थ देखिएको छ।
पाल्हिनन्दन गाउँपालिकाको वडा नं. १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको ” नेहा अक्वा “पानीको बोतल भित्र फाेहाेर पदार्थ भेटिएको छ। एक स्थानीयले सञ्चालन गरेको पसलबाट सिल प्याक पानीको बोतल भित्र यस्तो फाेहाेर पदार्थ भेटिएको हो ।
स्थानिय सञ्चालकले पानी पिउँने खोज्दा बोतलभित्र यस्तो पदार्थ फेला परेको हो। स्थानियले भने ‘म आफैँ पानी पिउने क्रममा बोतल भित्र हानिकारक पदार्थ भेटे,उनले म्याद कायम रहेको उक्त कम्पनीका नेहा अक्वा सिल प्याक पानीका बोतलमा फाेहाेर पदार्थ भेटिको हो।
सिल प्याक गरिएको पानीको बोतल भित्र हानिकारक जस्तो देखिने पदार्थ भेटिएपछि स्थानियले उपभोक्ताको स्वास्थ्य संग खेलवाड गरेको बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालय, साना तथा घरेलु उद्योग कार्यालय र अन्य सरोकारवालाहरूले निगरानी राखेर हरेक पानीको बाेतलहरुमा चेकजाँच गर्नु पर्ने स्थानीयको भनाई रहेको छ।
नेपालमा सिल प्याक गरिएको खानेपानीको जार तथा मिनरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ । सिल प्याक गरिएको भाँडामा लेऊ,हानिकारक पदार्थ,किरा लगायतका अखाद्य चीजहरु बेलाबेलामा भेटिने गर्दछ। बर्दघाट नगरपालिका जिमिरेभर स्थित नेहा अक्वा नामको पानीको बोतलमा हानिकारक जस्तो देखिने पदार्थ भेटेका हो ।
स्वच्छ खानेपानीका लागि आजभोलि जार तथा मिनरल वाटर बोतल किनेर खाने प्रचलन बढ्दो छ । तर स्वच्छ पानीका लागि भनेर बढी पैसा तिरेर खाने भएपनि बेलाबेलामा यस्तो पानीमा पनि किरा,हानिकारक जस्तो देखिने पदार्थहरु भेटिएका घटनाहरु पनि धेरै पटक सञ्चार माध्यममा आएका पनि सम्बन्धित निकायले चासो देखाएको छैन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

