बिनोद निगम/नवलपरासी ,१ भदौ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ स्थित घण्टाघर चोक नजिकै आज राती २: ३५ को समयमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
युपी ५६ एआर २३१३ नम्बरको मोटसाइकल आफैं अनियन्त्रित भई पल्टदा पल्हिनन्दन गाउँपालिका वडा नं १ सुनरी बस्ने वर्ष अन्दाजी २४ को लक्ष्मी साहनी घाइते भई उपचारको लागी जिल्ला अस्पताल परासी तर्फ पठाएको टाउकोमा चोट लागि अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षक चोप बहादुर के.सी.को कमाण्डमा ५ जनाको टोलीघटनास्थल पुग्दा उनले मापसे सेवन गरेको र अन्य अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिएका छन्
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

