Rashtriya Dainik

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ विनयी त्रिवेणी ६ र ७ अधिवेशन सम्पन्न

अारपि उपाध्याय / नवलपरासी ,३२ साउन

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ विनयी त्रिवेणी गा.पा. वार्ड नंं ६ र ७ को अधिवेशन विनयी त्रिवेणीको शिवपुरगढीमा बिहिबार सम्पन्न भएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ विनयी त्रिवेणीका तदर्थ समितिका अध्यक्ष टेकप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका नेपाली काङ्ग्रेस महासमिति सदस्य गणेशमान श्रेष्ठले असहमती बिच पनि सहमती खोजेर नेपाली कांग्रेसलाई बलियो बनाउन सकिने विचार व्यक्त गर्दै विगतका विमतिलाई त्यागेर अगाडी बढ्न सकिए पार्टी संगठनलाई पुरानै लयमा ल्याउन सकिने धारणा राख्नुभयो ।
सो अवसरमा नेपाल आदिवासी जनजाती महासंघका अभियन्ता ललितबहादुर गुरुङ, नेपाल आदिवासी जनजाती महासंघकी केन्द्रिय सदस्य तालिसरा रखाल लगायतले आदिवासी जनजाती महासंघको गतिविधि माथी प्रकाश पार्नुभएको थियो ।

सम्पन्न अधिवेशनले वार्ड नं. ६ र ७ मा छुट्टा छुट्टै वार्ड कार्यसमितिले सर्वसम्मत चयन गरेको छ । वार्ड नं. ६ को वार्ड कार्यसमितिमा सोम बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय वार्ड कार्य समिति र वार्ड नंं ७ मा कमला गुरुङको अध्यक्षतामा ९ सदस्यिय वडा कार्य समिति चयन भएको कार्यक्रम संचालिका एवं नेपाल लोक तान्त्रिक आदिवासी जनजाती महासंघकी नेतृ कला भुजेलले जानकारी दिनुभएको छ ।
कार्यक्रममा विनयी त्रिवेणी वार्ड नं ६ र ७ का नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित