नवलपुर – क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालको हुप्सेकोट गाउँपालिकाको एकता अधिबेशन विहीवार सम्पन्न भएको छ ।
कार्यवाहक संयोजक ज्योतिको अध्यक्षता र नवलपुर जिल्ला इन्चार्ज वन्दनाको प्रमुख आतिथ्यता र जिल्ला संयोजक आकाश र जिल्ला सहसंयोजकद्वय विशाल र प्रतापको आतिथ्यता एंव केबीको संचालनमा कार्यक्रम भएको हो ।
अधिबेशनले १७ सदस्सीय गाउँ संगठन समिति गठन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता पश्चात ४ नं. प्रदेश अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ ।
आइतबार नवलपुरको कावासोती बजारमा सम्पन्न अधिवेशनले टिका सुनारको संयोजकत्वमा ६ जना पछि थप्नेगरी २५ सदस्यीय नगर समिति गठन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्ला इन्चार्ज बन्दना र अतिथिहरु जिल्ला संयोजक आकाश र सह–संयोजक विशाल हुनुहुन्थ्यो । उक्त कार्यक्रमको सभापति तथा सञ्चालन टिका सुनारले गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

