Rashtriya Dainik

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

राजकुमार बानियाँ / पर्सा, ३२ साउन

पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर ५ निचुटामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरगंज महानगरपालिका छपकैया वडा नम्बर १ का जयनाथ सिंहका १६ बर्षिय छोरा राहुल कुमार सिंह रहेका छन ।
आज बिहान निचुटाबाट देउरिया आउने क्रममा मृतक सिंह आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घंटना हुदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।
मृकतकको शवको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागी बिरगंज स्थित नारायणी अस्पताल पठाईएको छ भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको प्रहरी निरिक्षक केशरीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित