Rashtriya Dainik

गुठी परसौनी सशस्त्र प्रहरीद्वारा रक्सी नष्ट

संजय कुशवाहा /नवलपरासी ३१ साउन

प्रतापपुरमा सशस्त्र प्रहरीद्वारा करिब ३३ हजार मुल्य बराबरको मदिरा नष्ट गरिएको छ ।
पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मौली सिमानाकाबाट बुधवार सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक संतोष सापकोटाको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा ११ पेटी मदिरा दशगजाको छेउबाट नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ ।

प्रहरीलाई देखेर रक्सी छोडेर तस्कर फरार भएका छन ।
उक्त मदिरा नियन्त्रणमा लिई नष्ट गरेको बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित