Rashtriya Dainik

नवलपरासीमा यादवको घर खानतलासी गर्दा अवैध मालसामान बरामद

बिनोद निगम /नवलपरासी ३१ सावन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ५ बैदौलीबाट अवैध मालसामान बरामद भएको छ । प्रहरीले स्थानीय ईन्द्रजित यादवको घरबाट भन्सार छली ल्याएको अवैध मालसामान लुकाईछिपाई राखेको अवस्थामा बरामद गरिएको हो ।

प्रहरीले डटपेष्ट (दाँत माझ्ने डावर मन्जन) ६९ कार्टुन ‍मुल्य २ लाख ४८ हजार ,गोलो एण्ड लब्लि १२ कार्टुन मुल्य ६९ हजार , सानो कालो मटर ६३ बोरा (प्रति बोरा ३० के.जी.) अन्दाजी मुल्य १ लाख ५१ हजार २ सय रुपियाँ गरि जम्मा अन्दाजी ४ लाख ६८ हजार २ सय मुल्य बराबरको सामान बरामद गरेको डिएसपी भोजराज पाण्डेले बताएका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा १५ जनाको प्रहरी टोली, वि.ओ.पि. सशस्त्र प्रहरी बल क्याम्प गुठीप्रसौनीबाट सहायक प्रहरी निरीक्षक सन्तोष सापकोटाको कमाण्डमा खटिएको टोली र राजस्व अनुसन्धान विभाग बुटवल रुपन्देहीबाट खटिएको संयुक्त टोलीले यादवको घरमा खानतलासी गर्दा उक्त मालसामान बरामद गरेको हो ।

बरामद गरेको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान बिभाग बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित